एमसीसीको प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

हिमाल प्रेस १२ मंसिर २०७९ १५:५६ | Monday, November 28, 2022
एमसीसीको प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

काठमाडौँ- अमेरिकी सहयोग परियोजना (एमसीसी)ले प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।

एमसीए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको हो। बोलपत्रका लागि चैत १३ गतेसम्म आवेदन दिन सकिने छ।

एमसीए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र आह्वान गरेको छ। लप्सीफेदी–रातमाटे–हेटौँडा ११७ किलोमिटर, रातमाटे–दमौली ९० किलोमिटर र दमौली–बुटवल ९० किलोमिटर लामो प्रसारण लाइनका लागि बोलपत्र आह्वान भएको हो।

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको १८ किलोमिटर खण्ड पनि यसमै समेटिएको छ।
अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर एमसीसी परियोजनामा खर्च हुनेछ।

आयोजना निर्माणको अवधि गणना आगामी अगस्टदेखि सुरु हुनेछ। एमसीसीअन्तर्गत निर्माण हुने प्रसारण लाइन तथा सडक अवधि सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्नेछ।

प्रकाशित: १२ मंसिर २०७९ १५:५६ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast