एक वर्षमै १२ हजार विद्यार्थी पुगे अमेरिका

हिमाल प्रेस २ मंसिर २०७९ ९:४७ | Friday, November 18, 2022
एक वर्षमै १२ हजार विद्यार्थी पुगे अमेरिका

काठमाडौँ– आर्थिक वर्ष ०२१/२२ मा करिब १२ हजार विद्यार्थी अध्ययनको लागि अमेरिका पुगेका छन्। अमेरिकाको केन्द्रीय शिक्षा तथा सांस्कृतिक विभागका अनुसार अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढ्दै ११ हजार ७७९ जना विद्यार्थी अमेरिका पुगेका हुन्।

विभागका अनुसार अमेरिका पुग्ने विश्वभरका विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या १२औँ नम्बरमा पर्छ। आव ०२१/२२ मा अमेरिका जाने विश्वभरका विद्यार्थीको संख्या ८० प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०१९/२० मा विश्वभरबाट अमेरिका जाने विद्यार्थीको संख्या ४६ प्रतिशत घटेको थियो।

त्यसअघिका वर्षमा कोरोना महामारीले गर्दा विदेशबाट अमेरिका जाने विद्यार्थीको संख्यामा उल्लेख्य गिरावट आएको थियो।
गत वर्ष २०० देश तथा स्वशासित क्षेत्रबाट ९ लाख ४८ हजार विद्यार्थी अमेरिका पुगेका छन्। गत आवमा अमेरिकी अर्थतन्त्रमा विदेशी विद्यार्थीले मात्रै ३२ अर्ब डलर योगदान दिएको  ओपन डोर्स रिपोर्ट’ले जनाएको छ।

अमेरिकी शिक्षा विभागसँग मिलेर ‘ओपन डोर्स रिपोर्ट’ले नोभेम्बर १४ देखि १८ सम्म अन्तर्राष्ट्रिय शिक्षा सप्ताह पनि मनाएको छ। यो कार्यक्रम नेपालस्थित अमेरिकी दूतावासले पनि मनाएको थियो। यस्ता कार्यक्रमले अमेरिकाको संस्कृतिबारे विश्व जानकार हुने र विदेशी विद्यार्थी आकर्षित गर्न सहज हुने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०७९ ९:४७ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast