उपत्यकामा मतदानको दिन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

हिमाल प्रेस ३० कार्तिक २०७९ १२:०३ | Wednesday, November 16, 2022
उपत्यकामा मतदानको दिन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको कार्यालयमा बुधबार बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ।

निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ।

निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौँ उपत्यकामा मदिरा विक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ। साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन।

प्रकाशित: ३० कार्तिक २०७९ १२:०३ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast