डा.नारायण खड्का।
उदयपुर– उदयपुर १ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्तागठबन्धनका उम्मेदवार डा. नारायण खड्काले अग्रता लिएका छन्। १ हजार मत गणना हुँदा खड्का ४ सय चार मतसहित अगाडि छन्। उनलाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहेकी छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धुव्र रायमाझी ५१ मतका साथ तेस्रो स्थानमा छन् भने जनता समाजवादी पार्टी, नेपाल (जसपा)का गोपाल राई ४६ मतसहित चौथो स्थानमा छन्। उदयपुर १ मा प्रतिनिधिसभातर्फ ७६ हजार सात सय ५६ मत खसेको छ।
प्रकाशित: ५ मंसिर २०७९ २०:०३ | Monday, November 21, 2022
प्रतिक्रिया




