इस्तानबुलमा विस्फोटः मृत्यु हुने ६ पुगे, अतिवादी हमला भएको अनुमान

हिमाल प्रेस २८ कार्तिक २०७९ ९:५७ | Monday, November 14, 2022
इस्तानबुलमा विस्फोटः मृत्यु हुने ६ पुगे, अतिवादी हमला भएको अनुमान सांकेतिक तस्बिर।

इस्तानबुल- टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए।

इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा आतंकको गन्ध आएको बताए। न्याय मन्त्री बेकिर बोजडागले  विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन्।  विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

प्रकाशित: २८ कार्तिक २०७९ ९:५७ | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast