इरानमा प्रदर्शनकारीमाथि गोली चल्दा ५ को मृत्यु

हिमाल प्रेस १ मंसिर २०७९ ११:२९ | Thursday, November 17, 2022
इरानमा प्रदर्शनकारीमाथि गोली चल्दा ५ को मृत्यु

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

दुई मोटरसाइकलमा सवार ‘सशस्त्र र आतंककारी तत्वहरू’ इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ।

अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको थियो। आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो।

नैतिकतासम्बन्धि प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिंसामा दर्जनौँको मृत्यु भएको छ। उक्त आक्रमणको तत्काल जिम्मेवारी लिएको छैन।

प्रकाशित: १ मंसिर २०७९ ११:२९ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast