इराकमा ग्यास ट्यांक विस्फोटनमा ११ जनाको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०७९ ६:४० | Saturday, November 19, 2022
इराकमा ग्यास ट्यांक विस्फोटनमा ११ जनाको मृत्यु

बग्दाद- उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए।

ट्यांकीबाट ग्यास चुहावट भएपछि विस्फोट भएको थियो। युद्धले क्षतिग्रस्त इराकका धेरैजसो पूर्वाधार जिर्ण छ भने त्रासदीहरू सामान्य छन्। विशेष गरी यातायात र निर्माण क्षेत्रहरूमा, देश कमजोर रूपमा लागु गरिएको सुरक्षा मापदण्डबाट ग्रस्त छ।

नादेरले इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको दोस्रो ठूलो सहरमा भत्किएको तीन तले घरको भग्नावशेषमा अझै चार जना फसेको बताए। ‘हाम्रा टोलीहरू भत्किएको घरमुनि फसेका मानिसहरूलाई उद्धार गर्न १५ घण्टाभन्दा बढी समयदेखि काम गरिरहेका छन्,’ नादेरले भने।

विस्फोटपछिछ झ्यालहरू चर्किनुका साथै नजिकैका भवन काला बनेका छन्।

प्रकाशित: ३ मंसिर २०७९ ६:४० | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast