आप्रवासीहरूका लागि सुरक्षित मापदण्ड अपनाउन राष्ट्र संघको आग्रह

हिमाल प्रेस १० मंसिर २०७९ ६:१० | Saturday, November 26, 2022
आप्रवासीहरूका लागि सुरक्षित मापदण्ड अपनाउन राष्ट्र संघको आग्रह

काठमाडौँ– संयुक्त राष्ट्र संघले भू-मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरूबाट आप्रवासीका रुपमा युरोप प्रवेश गर्नेहरूका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघले युरोपेली देशहरूलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिपो ग्रान्डीले युरोपेली युनियनलाई सो आग्रह गरेका हुन्।

युरोपेली युनियनलाई उनले युरोप जानका लागि भू-मध्य सागर पार गर्ने क्रममा आप्रवासी तथा युरोप छिर्ने मध्यपूर्वी तथा अन्य देशका आप्रवासीहरूलाई सुरक्षित मापदण्डहरु अपनाउन र आप्रवासीहरु प्रवेश गर्ने मार्गमा सुरक्षा प्रबन्ध गर्न आग्रह गरेको बताइएको छ।

युरोपेली युनियनको न्याय परिषद्‍को बैठकमा युरोपेली देशहरूका गृहमन्त्रीहरूसँगको भेटघाटको पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघका शरणार्थी तथा आप्रवासनसम्बन्धी प्रमुखले यो आग्रह गरेको समाचारमा जनाइएको छ।

प्रकाशित: १० मंसिर २०७९ ६:१० | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast