आइतबार चार्टर्ड उडान मात्रै

हिमाल प्रेस ३ मंसिर २०७९ १५:२९ | Saturday, November 19, 2022
आइतबार चार्टर्ड उडान मात्रै

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ। तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ। अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: ३ मंसिर २०७९ १५:२९ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast