आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

हिमाल प्रेस ७ मंसिर २०७९ १४:०२ | Wednesday, November 23, 2022
आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

काठमाडौँ- आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित भएको छ। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस, २०७९ का अवसरमा बुधबार आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त सम्मान गरेको हो।

सन् २००१ मा स्थापित आइएमईले बाह्य तथा आन्तरिक रेमिट्यान्स सेवा दिँदै आइरहेको छ। साधारण सेयर जारी गर्ने तयारीमा रहेको आइएमई अघिल्लो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान पाएको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १४:०२ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast