अर्जेन्टिनामाथि साउदी अरबको साहसिक जित

हिमाल प्रेस ६ मंसिर २०७९ १७:५५ | Tuesday, November 22, 2022
अर्जेन्टिनामाथि साउदी अरबको साहसिक जित

काठमाडौँ- विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ ले स्तब्ध भएको छ। लुसेल रंगशालामा भएको समूह ‘सी’ को खेलमा लियोनल मेस्सीको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो।

तर दोस्रो हाफमा सालेह अल शेहरी र सालेम अल डावसरीले एक–एक गोल गरेपछि साउदीले अर्जेन्टिनामाथि ऐतिहासिक जित दर्ता गरेको हो। डावसरीका लागि यो दोस्रो विश्वकप गोल हो। उनले गत संस्करणमा इजिप्टविरुद्ध एक गोल गरेका थिए।

साउदीसँग हारेसँगै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको ३६ खेलदेखि कायम अपराजित यात्रा अन्त्य भएको छ।

अर्जेन्टिनाले गरेका तीन गोलले अफसाइडका कारण मान्यता पाएनन्। मेस्सी, एंगल डि मारिया र लाउटारो मार्टिनेजले ती अफसाइड गोल गरेका थिए।

फिफा वरीयतामा ५१ औँ स्थानमा रहेको साउदीका लागि विश्वकपमा यो चौथो जित हो। कुल १७ खेल खेलेको साउदीले यसअघि ११ खेल हारेको थियो। साउदीले सन् २०१८ मा इजिप्ट अनि सन् १९९४ मा मोरोक्को र बेल्जियमलाई पराजित गरेको थियो।

प्रकाशित: ६ मंसिर २०७९ १७:५५ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast