अमेरिकी राष्ट्रपति भारतीय प्रधानमन्त्री भेट्न उत्सुक

हिमाल प्रेस २७ कार्तिक २०७९ ९:४१ | Sunday, November 13, 2022
अमेरिकी राष्ट्रपति भारतीय प्रधानमन्त्री भेट्न उत्सुक

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्दैछ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ।’

यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँग  पनि भेटवार्ता गरेका थिए।

इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको  बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ९:४१ | Sunday, November 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast