अमेरिकन म्युजिक अवार्डमा टेलर स्विफ्टलाई सर्वाधिक अवार्ड

हिमाल प्रेस ५ मंसिर २०७९ १३:५० | Monday, November 21, 2022
अमेरिकन म्युजिक अवार्डमा टेलर स्विफ्टलाई सर्वाधिक अवार्ड

काठमाडौँ- ‘अमेरिकन म्युजिक अवार्ड’को ५० औँ संस्करणमा अमेरिकी गायिका टेलर स्विफ्टले सर्वाधिक अवार्ड जितेर इतिहास रचेकी छन्।

उनले ‘आर्टिस्ट अफ द इयर’, ‘फेभरेट फिमेल पप आर्टिस्ट’, ‘फेभरेट पप एल्बम’, ‘फेभरेट म्युजिक भिडियो’, ‘फेभरेट फिमेल कन्ट्री आर्टिस्ट’, ‘फेभरेट कन्ट्री एल्बम’ विधामा अवार्ड हात पारेकी हुन्। अवार्ड समारोह क्यालिफोर्निया, लस एन्जलसको माइक्रोसफ्ट थिएटरमा आयोजित भएको थियो। छ विधामा मनोनयनमा परेकी स्विफ्टले सबै अवार्ड जितेकी छन्।

समारोहमा उनी सबैभन्दा धेरै अवार्ड जित्ने कलाकार बनेकी हुन्। समारोहमा ‘न्यु आर्टिस्ट अफ द इयर’का अवार्ड डभ क्यामरुनले जिते। ‘फेभरेट मेल पप आर्टिस्ट’को अवार्ड ह्यारी स्टाइल्सको पोल्टामा पर्‍यो। दक्षिण कोरियाली युवाहरूको सांगीतिक समूह ‘बीटीएस’ले ‘फेभरेट पप गु्रप’का अवार्ड जित्यो। ‘फेभरेट पप सङ’ ह्यारी स्टाइल्सको ‘एज इट वज’ बन्यो। मोर्गन वालेन ‘फेभरेट मेल कन्ट्री आर्टिस्ट’ बने। ‘फेभरेट मेल हिप-हप आर्टिस्ट’ केन्ड्रिक लामर भए भने ‘फेभरेट फिमेल हिप-हप आर्टिस्ट’ निकी मिनाज भइन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:५० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast