अब एमालेको नेतृत्वमा सरकार : विष्णु पौडेल

हिमाल प्रेस १२ मंसिर २०७९ १३:३५ | Monday, November 28, 2022
अब एमालेको नेतृत्वमा सरकार : विष्णु पौडेल

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन्। प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन्।

एमालेको संसदीय दलको बैठक बसेर पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने विषयमा औपचारिक निर्णय गर्ने उनको भनाइ छ। उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको विकासले गति लिन नसक्ने पनि दाबी गरे। पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहँुदा कुनै न कुनै रूपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको जिकिर गरे।

पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताए।

प्रकाशित: १२ मंसिर २०७९ १३:३५ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast