न्हू दँया भिन्तुना

बसन्तपुरमा नेपाल संवत्‌को रौनक [फोटो फिचर]

दिपेश श्रेष्ठ ९ कार्तिक २०७९ ४:५१ | Wednesday, October 26, 2022
बसन्तपुरमा नेपाल संवत्‌को रौनक [फोटो फिचर]

आज ११४३ नेपाल संवत्। अर्थात नेवारी समुदायको नयाँ वर्ष। नेवारी समुदायले नेपाल सम्वत्‌लाई विशेष पर्वका रूपमा मनाउने गरेका छन्। शंखधर साख्वाःले प्रवर्द्धन गरेको यो सम्वत् विक्रम संवत् ९३६ र सन् ८७९ अक्टोबर २० का दिनदेखि सुरुवात भएको हो।

साख्वा: नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो।

यस अवसरमा नेवारी समुदायले परम्परागत पोसाकमा लगाएर झाँकीमा सहभागी हुने गरेका छन्। यस पर्वको अवसरमा काठमाडौँको बसन्तपुरमा बिहानैदेखि रौनक छाएको छ। बालबच्चादेखि वृद्धसमेत सहभागी भएर पर्व मनाइरहेका छन्। नेपाल सम्वत्‌को अवसरमा बसन्तपुरमा निकालिएको सांस्कृतिक झाँकीसहितका विभिन्‍न कार्यक्रम तस्बिरमा :

प्रकाशित: ९ कार्तिक २०७९ ४:५१ | Wednesday, October 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast