काठमाडौँ- काठमाडौँसहित देशका विभिन्न ठाउँमा छठको पूजा धुमधामका साथ गरिएको छ। तलाउ, पोखरी, तालतलैयामा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिएको हो। काठमाडौँको गौरी घाट पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठीमाताको पूजा गरिन्। आज आइतबार सूर्यास्तको समयमा गौरीघाट पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गरेकी हुन्। भण्डारीले गौरीघाटपछि कमल पोखरीमा पनि तयार पारिएको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्। पूजा आराधना गरिन्।


प्रकाशित: १३ कार्तिक २०७९ ५:०४ | Sunday, October 30, 2022
प्रतिक्रिया






