काठमाडौँ– सन् १८७९-८० को ब्रिटिस भारतीय अखबारमा एउटा विज्ञापन तीन महिनासम्म लगातार छापिएको थियो। विज्ञापन थियो, दुखाइ अन्त्य गर्ने औषधिको।
कलकत्ताबाट हरेक सोमबार छापिने ‘हिन्दु प्याट्रियट’ साप्ताहिकको सन् १८७९ को नोभेम्बरदेखि सन् १८८० को जनवरीसम्मको अंकमा सो विज्ञापन छापिएको थियो। त्यो विज्ञापन ‘डार्लिङ्टन’ नामक दुखाइ अन्त्य गर्ने औषधिको थियो।
त्यसले मानव शरीरको कुनै पनि भागमा जुनसुकै कारणबाट हुने दुखाइको पनि अन्त्य गर्छ भनिएको थियो। ढाड, छाती, घाँटी, रुघाखोकी, श्वासनली, टाउको, दाँत, कानलगायतका दुखाइ मात्र होइन त्यसले हातखुट्टाका नशा, पेट लगायतको दुखाइ पनि कम गर्ने उल्लेख थियो।
विज्ञापनको सबैभन्दा तल नेपालका जितजंगको नाम थियो। त्यसमा लेखिएको थियो, ‘नेपालका जनरल जितजंगले पहिले डार्लिङ्टनको एक ठूलो बोतल औषधि लिएका थिए। उनले त्यो औषधिलाई स्वीकृति दिएर अहिले ठूलो बोतलका एक दर्जन औषधि मगाएका छन्।’
त्यतिबेला जितजंग नेपालमा पूर्वतर्फका कमान्डिङ जनरल थिए। उनी कानका बिरामी थिए। त्यसैले कम सुन्थे।
जनरल जितजंग कुँवर राणा प्रधानमन्त्री जंगबहादुरका साहिँला छोरा हुन्। जंगबहादुर प्रधानमन्त्री नहुँदै सन् १८२८ मा काजी प्रसादसिंह बस्नेतकी छोरी ‘मुख्यानी प्रसाद लक्ष्मी’ सँग उनको विवाह भएको थियो।
सन् १८७७ मा जंगबहादुरको निधन र रणोदीप सिंह प्रधानमन्त्री एवं श्री ३ महाराज भएपछि उनले जारी गरेको नयाँ रोलक्रमअनुसार उनी अघिल्लोभन्दा एक तहमाथि उक्लिएर पाँचौँ नम्बरका दक्षिणतर्फका कमान्डिङ जनरल भए।
तिनै प्रसाद लक्ष्मीबाट जंगबहादुरका जेठो छोरो भीमजंगको जन्म भएको थियो। ती मुख्यानीको निधन भएपछि जंगबहादुर राणाले सन् १८३९ मा काजी सनकसिंह थापाकी बहिनी नन्दकुमारीलाई विवाह गरेका थिए।
जंगबहादुर प्रधानमन्त्री भएपछि यिनै नन्दकुमारीलाई जेठी महारानीको पदवी दिएका थिए। जंगबहादुर प्रधानमन्त्री भइसकेपछि यिनै नन्दकुमारीबाट छोराहरू जगतजंग र जितजंगको जन्म भएको थियो।
सन् १८४९ मा जितजंग कुँवर राणाको जन्म भएको थियो। जंगबहादुरका यी दुवै छोराले राजा सुरेन्द्रका छोरीसँग विवाह गरेका थिए। सन् १८५५ मा नेपाल-भोट युद्धताका छ वर्षको उमेरमा जितजंगको विवाह राजा सुरेन्द्रकी माहिली छोरी नरेन्द्र राज्यलक्ष्मीसँग भएको थियो।
सन् १८५४ मा यिनका दाइ जगतजंगको राजा सुरेन्द्रकै छोरी टीका राज्यलक्ष्मीसँग विवाह हुँदा तिनको उमेर पनि सात वर्षको मात्र थियो। (श्री ३ हरूको तथ्य वृत्तान्त, भाग-०१, पुरुषोत्तमशमशेर जबरा)
सन् १८६८ मा जंगबहादुर राणाले जारी गरेको पहिलो रोलक्रमअनुसार जितजंग कुँवर राणालाई छैटौँ नम्बरमा राखेका थिए। त्यतिबेला उनी उत्तरतर्फका कमान्डिङ जनरल थिए। सन् १८७७ मा जंगबहादुरको निधन र रणोदीप सिंह प्रधानमन्त्री एवं श्री ३ महाराज भएपछि उनले जारी गरेको नयाँ रोलक्रमअनुसार उनी अघिल्लोभन्दा एक तहमाथि उक्लिएर पाँचौँ नम्बरका दक्षिणतर्फका कमान्डिङ जनरल भए।
सन् १८७९ मा तत्कालीन प्रधानसेनापति जगतशमशेरको निधनपछि उनी चौथो वरीयताका पूर्वतर्फका कमान्डिङ जनरल नियुक्त भएका थिए। सन् १८८२ मा सत्ता हत्याउने अर्को षड्यन्त्रको पर्दाफास भयो। पछि जाँचबुझ गर्दा कलकत्तामा उपचार गराउन गएका क.ज. जगतजंग त्यसको मुख्य दोषी ठहरिए।
ब्रिटिस भारत सरकारसँग लेखापढी गरी जगतजंगलाई उतै कैद गरियो। त्यसपछि जगतजंगको ठाउँमा तेस्रो वरीयतामा पश्चिमतर्फका कमान्डिङ जनरलका रूपमा जितजंगको नियुक्ति भएको थियो।
एक वर्षपछि सन् १८८३ मा तत्कालीन प्रधानसेनापति धीरशमशेरको निधन भयो। अनि जितजंग प्रधानमन्त्री एवं श्री ३ महारा पछिका दोस्रो वरीयताका प्रधानसेनापति नियुक्त भएका थिए।
सन् १८८५ को सुरुतिर भारतमा बन्दी बनाइएका जगतजंग त्यहीँबाट उम्केर नेपालको सीमासम्म आएका रहेछन्। प्रधानमन्त्री रणोदीपको आदेशअनुसार उनलाई नेल ठोकेर काठमाडौँ ल्याई थुनियो। नेल काटेर पहिले गोकर्ण त पछि रणोदीपको आफ्नै दरबारमा नजरबन्दमा राखियो।
२१ नोभेम्बरमा शमशेर खलकले प्रधानमन्त्री रणोदीप सिंहको हत्या गरी सत्ता हत्याए। र त्यतिबेलै काठमाडौँमा जंगबहादुरका सन्तान जगतजंग र उनका छोरा नाति जर्नेल युद्ध प्रतापजंगको समेत हत्या भयो।
केही पछि उनीमाथि नजरबन्दसमेत हट्यो। प्रधानमन्त्री रणोदीपकी माइली बडामहारानी हरिप्रियादेवीको विशेष निगाह यी जगतजंगपट्टि थियो। जगतजंगको प्रभाव देखिन थालेपछि एकातिर प्रधानसेनापति जितजंगलाई समेत अप्ठ्यारो पर्न थाल्यो।
पदीय जिम्मेवारीका हिसाबले जितजंग प्रधानसेनापति थिए। तर जिम्मेवारी नभए पनि जेष्ठताका आधारमा बाहिर जगतजंगले आफूले उक्त पद दाबी गरिरहेका थिए। जगतजंगको प्रभाव बढ्दा अर्कोतिर धीरशमशेरका १७ भाइ छोराहरू शमशेर खलक सशंकित थिए।
शमशेर खलकका १७ भाइलाई लिएर जगतजंगले गर्ने टिप्पणीले समेत शमशेर खलकलाई थप सशंकित बनाएको थियो। प्रधानमन्त्री रणोदीपले चाँडै सत्ता जगतजंगका हातमा सुम्पेर काशीवास गर्न जान्छन् भन्ने हल्लाले समेत शमशेर खलकलाई आफ्नो भविष्य के हुने भन्नेमा झन् ठूलो चिन्ता थियो।
जितजंगले नेपालमा सम्भावित रक्तपातको जोखिमको आंकलन गरे। परिवार र केही चलअचल सम्पत्तिसहित कानको उपचारको बहानामा सन् १८८५ को जुन महिनातिर कलकत्ता पलायन भए।
उनी कलकत्ता पलायन भएपछि रणोदीप सिंहले प्रधानसेनापतिको पदमा जनरल पद्मजंग कुँवर राणा (जंगबहादुरको जीवनी) का लेखकलाई नियुक्त गरेका थिए।
२१ नोभेम्बरमा शमशेर खलकले प्रधानमन्त्री रणोदीप सिंहको हत्या गरी सत्ता हत्याए। र त्यतिबेलै काठमाडौँमा जंगबहादुरका सन्तान जगतजंग र उनका छोरा नाति जर्नेल युद्ध प्रतापजंगको समेत हत्या भयो।
अन्य जंग सन्तानले लैनचौरस्थित ब्रिटिस रेजिडेन्सीमा शरण लिए। पछि पद्मजंग राणालगायत भारत पसे। तर पहिले चलअचल सम्पत्तिसहित कलकत्ता पलायन भएका जितजंग त्यहाँ सुरक्षित थिए।