वर्षाले जलमग्न काठमाडौँ (भिडियो)

हिमाल प्रेस ११ जेठ २०७९ ५:४८ | Wednesday, May 25, 2022

काठमाडौँ- केही दिनयता काठमाडौँसहित मुलुकका विभिन्न ठाउँमा दिनहुँजसो पानी परिरहेको छ। निरन्तर वर्षाका कारण राजधानीका केही भाग जलमग्न भएका छन्। पानीले जनजीवन अस्तव्यस्त बनाएको छ।

नेपालमा मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ। यस अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गर्छ। यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने विज्ञहरूको पूर्वानुमान छ।

मौसमविद्हरूका अनुसार  यस वर्ष मधेश प्रदेश र बागमती प्रदेशको दक्षिणी भेगमा औसत पानी परे पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने ठानिएको छ। काठमाडौँको ठमेल क्षेत्र पनि जलमग्न भएको छ। हामीले यहाँ जलमग्न ठमलेको भिडियो देखाएका छौँ।

प्रकाशित: ११ जेठ २०७९ ५:४८ | Wednesday, May 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast