टंकको ‘युगको साँचो’ मञ्चन हुँदै

हिमाल प्रेस २४ असार २०८१ १३:४८
108
SHARES
टंकको ‘युगको साँचो’ मञ्चन हुँदै

काठमाडौँ-  टंक चौलागाईंको परिमार्जन र निर्देशनमा नाटक ‘युगको साँचो’ मञ्चन हुने भएको छ। नाटक असार २७ देखि साउन १९ सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो।

याे अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को अनुवाद हाे। नाटक युवाहरु विदेसिने क्रम बढिरहेको समयमा बन्द भएका उद्योगहरु खोल्न कतिको जरुरी हुन्छ भन्ने विषयमा आधारित रहेकाे  निर्देशक टंक चौलागाईंले बताए।

‘रोजगारीकै लागि युवाहरु विदेश गइरहेका छन्। नेपालका खुलेका कतिपय उद्योग कलकारखाना पनि बन्द छ। यदि ती उद्योगहरु खुल्ने हो भने उनीहरु आफ्नै देश फर्किन पनि सक्छन्।’ उनले भने, हामीले नाटकमार्फत अहिलेको अवस्थामा बन्द उद्योग खुल्न कतिको जरुरी छ भनेर देखाउन खोजेका हौँ।’

नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनीत चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीको अभिनय छ।

मंगलबार बाहेक साताको प्रत्येक दिन साढे पाँच बजे मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि मञ्चन गरिनेछ।

नाटक माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुतिमा बनेकाे हाे।

प्रकाशित: २४ असार २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =