डा. विष्णु दाहालको गीतमा करण र अस्मिताकाे स्वर

हिमाल प्रेस २४ असार २०८१ ११:१९
18
SHARES
डा. विष्णु दाहालको गीतमा करण र अस्मिताकाे स्वर

काठमाडौँ- गीतकार डा. विष्णु दाहालको ‘मैले सम्झिने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा नेपाल आइडल सिजन पाँचका विजेता तथा गायक करण परियार र गायिका अस्मिता अधिकारीको स्वर छ।

अर्जुन पोखरेलले संगीत भरेको गीतमा महाराज थापाको संगीत संयोजन छ। नरेश बिबिसीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।

‍प्रेमिले ‍विदेसिन लागेकी प्रेमिकालाई नछोड्न आग्रह गरिएकाे गीतकाे भिडियाेमा शीतल वाग्ले र सनिशा भट्टलाईले अभिनय  गरेका छन्।

निकेश खड्काले निर्देशन गरेकाे भिडियाे विकास धमलाकाे सम्पादन, राज किङ वाइबाको कोरियोग्राफी, मनकृष्ण महर्जन र पवन सुस्लिङले छायांकनमा बनेकाे छ।

गीत म्युजिक क्रयाभ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: २४ असार २०८१ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =