२९ प्रतिशतले बढ्यो तरकारीको भाउ

हिमाल प्रेस २३ असार २०८१ ११:४४
76
SHARES
२९ प्रतिशतले बढ्यो तरकारीको भाउ काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- राजधानीमा तरकारीको मूल्य अकासिएको छ। शुक्रबारको तुलनामा आइतबार तरकारीको मूल्य २९ प्रतिशतले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। समितिका अनुसार शुक्रबारको तुलनामा शनिबार र आइतबार ३५/४० प्रतिशत थोरै तरकारी कालीमाटीमा भित्रिएको छ। वर्षाका कारण उपत्यका भित्रिने मुख्य राजमार्ग अवरोध हुँदा मूल्यवृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक सात लाख मेट्रिक टक तरकारी भित्रिने गरेकोमा शनिबार र आइतबार ४ लाख मेट्रिक टन तरकारी भित्रिएको छ।

उपत्यका सबैभन्दा तरकारी भित्रिने बजार कालीमाटी हो। यस बजारको तरकारी ललितपुर, भक्तपुर र काठमाडौंँका नयाँ बसपार्क, बालाजु, ललितपुर, भक्तपुर, बागबजार, कलंकी र उपत्यका ४० वटाभन्दा बढी तरकारी बजारमार्फत खपत हुन्छ।

समितिका अनुसार शुक्रबारको तुलनामा हरियो साग, प्याज, गोलभेडा, काँक्रो, करेला, परवर, बोडी, लौका, ब्रोकाउली, बन्दा, काउली र भन्टामा २५ देखि ३० रुपैयाँ बढेको छ। शुक्रबार ३० रुपैयाँ केजीमा बिक्री भएको गोलभेडा आइतबार ६० रुपैयाँ पुगेको छ। यसैगरी शुक्रबार ७० रुपैयाँमा बिक्री भएको भारतीय गोलभेडा आइतबार ११५ रुपैयाँ पुगेको समितिको तथ्यांक छ।  शुक्रबार ७० रुपैयाँ केजी बिक्री भएको रायोको साग आइतबार एक सय रुपैयाँ पुगेको छ।

 

प्रकाशित: २३ असार २०८१ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =