माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला

हिमाल प्रेस २० असार २०८१ १६:०५
90
SHARES
माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएको बताएका छन्। राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

कांग्रेस पर्साले बिहीबार वीरगन्जमा गरेको कार्यक्रममा कोइरालाले गठबन्धन फेर्दै माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाइसकेपछि एक ठाउँमा आएको बताए। ‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले। एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो,’ उनले भने।

एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको उनको भनाइ थियो। ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्‍यौँ, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले भने, ‘ त्यसपछि कांग्रेस र एमालेबिच समीकरणको कुरा अगाडि बढेको हो।’

प्रकाशित: २० असार २०८१ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =