एकैपटक सशस्त्रका सय एसपीको सरुवा

काठमाडौँ- सशस्त्र प्रहरीले एकै पटक १०० जना एसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो। सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले आज सरुवा निर्णय गरेका हुन्।