पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय, राजदूतमा नेपाल सिफारिस

काठमाडौँ- सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।