पोखरा- तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्न ७१ जनाले दाबी प्रस्तुत गरेका छन्।
क्षेत्र १ मा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० जना, क्षेत्र २ मा प्रत्यक्षतर्फ ११ र समानुपातिकमा १३ जना तथा क्षेत्र ३ मा प्रत्यक्ष र समानुपातिकतर्फ समान १०/१० जनाले दाबी प्रस्तुत गरेका हुन्।
आकांक्षी बढी भएको तथा सत्तारुढ दलसँग सिट बाँडफाँट विवाद अझैसम्म नसुल्झिएकाले जिल्लाले जस्ताको तस्तै आकांक्षीको नामावली प्रदेशमा सिफारिस गर्न सक्ने देखिएको छ।
नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचार विभागका सहसंयोजक शिरोमणि बरालले आज शुक्रबार बस्ने जिल्लाको बैठकले रायसहित प्रदेशमा सिफारिस गर्ने र प्रदेशले रायसहित समानुपातिकतर्फ कम्तीमा १ महिला रहने गरी ३ जनाको नाम पठाउने प्रावधान रहेको बताए।
उनका अनुसार आकांक्षी बढी भएकोले प्रदेश समिति विवादमा नपर्ने गरी जस्ताको तस्तै केन्द्रमा पठाइने सम्भावना बढी छ। केन्द्रको परिपत्रअनुसार जिल्लाले प्रदेश कार्यसमितिमा सिफारिस गर्ने र भदौ २० सम्म नामावली केन्द्रमा सिफारिस गर्नुपर्ने छ।
यी हुन् आकांक्षी
क्षेत्र १
प्रत्यक्ष
कृष्णबहादुर केसी, गुरुप्रसाद बराल, सुदीपमोहन भट्टराई, जीवन परियार, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, वीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, होमबहादुर बसौला (विमल) सुनिलकुमार गुरुङ, किशोरदत्त बराल, चतुराखर अधिकारी, सरस्वती गुरुङ, गगनकुमार थापा र यज्ञबहादुर थापा छन्
समानुपातिक
तारानाथ रानाभाट, सरस्वती गुरुङ, तीर्थ जंगली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मियाँ, बिन्दुकुमारी भण्डारी, इ. रामबहादुर केसी, तर्कजंग गुरुङ र रामबहादुर केसी छन्।
क्षेत्र २
प्रत्यक्ष
देवराज चालिसे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्षे, विन्दादेवी आलेमगर, गुरुप्रसाद बराल, सोभियतबहादुर अधिकारी, खेमकुमारी बराल, सिरोजविजय कोइराला, विश्वशंकर पालिखे, वर्षाकेशव पराजुली र देवराज गुरुङ छन्।
समानुपातिक
किरण केसी, प्राडा रामचन्द्र पोखरेल, निर्मलप्रसाद कर्माचार्य, शकुन्तला कोइराला, ज्योति कोइराला, हारुन खाँन पैठान, तीर्थकुमारी गुरुङ, राजेन्द्रनिधि कोइराला, भुवनसिंह गुरुङ, सोभियतबहादुर अधिकारी, विष्णु सिग्देल, रामचन्द्र शर्मा र माइकल कर्माचार्य छन्।
क्षेत्र ३
प्रत्यक्ष
मनोज गुरुङ, बाबुराम आचार्य, आशबहादुर गुरुङ, गंगाधर पराजुली, ललित गुरुङ, रामचन्द्र त्रिपाठी, पशुपति भट्टराई, दीपक गुरुङ, इ.यमकृष्ण पौडेल र बद्रीनाथ पराजुली छन्।
समानुपातिक
महादेव गुरुङ, खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, खेमराज पौडेल, कृष्णकुमारी परियार, अब्दुल रसिद, मनबहादुर बिक, रामप्रसाद अधिकारी र अमृतकुमार श्रेष्ठको नाम परेको छ।