पोखरा- पर्यटकीय सहर पोखराको एउटा ब्रान्ड हो-प्याराग्लाइडिङ। कोभिड महामारीले थलिएको पर्यटन क्षेत्र केही भए पनि चलायमान बनाउन साहसिक प्याराग्लाइडिङले मद्दत पुर्याएको छ। फेवातालमाथि कावा खाँदै २५ वर्षदेखि सञ्चालित यही प्याराग्लाइडिङ विस्थापन हुने खतरामा छ।
कारण हो-पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। विमानस्थलको काम ९८ प्रतिशत पूरा भइ सञ्चालनको तरखरमा रहँदा नेपाल नागरिक उड्डन प्राधिकरण ९क्यान० ले पोखराबाट प्याराग्लाइडिङ हटाउन निर्देशन दिइसकेको छ।
कारण हो-पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। विमानस्थलको काम ९८ प्रतिशत पूरा भइ सञ्चालनको तरखरमा रहँदा नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान) ले पोखराबाट प्याराग्लाइडिङ हटाउन निर्देशन दिइसकेको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो औल्याउँदै सरकारलाई दबाब सिर्जना गरेका यहाँका पर्यटन व्यवसायीहरूले अहिले त्यही विमानस्थलका कारण चिन्ता भोग्नुपरेको छ। साथै ५ दर्जन बढी सदस्य रहेको नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङ कता सार्ने टुंगो लगाउन सकेको छैन। अन्यौल कायमै छ।
पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले ठूलो धनराशि लगानी भइसकेको प्याराग्लाइडिङ विस्थापित हुँदा व्यवसायीमा चिन्ता थपिएको बताउँछन्। उनले पोखराको ब्रान्ड प्याराग्लाइडिङ जोगाउन पर्यटन व्यवसायीहरू एकजुट हुनुपर्ने सल्लाह दिन्छन्।
नाका पूर्वअध्यक्ष योगेश भट्टराईले पोेखराबाट प्याराग्लाइडिङ विस्थापित भए त्यसले राज्यको आम्दानी, व्यवसायीको लगानी र ठूलो रोजगारीमा धक्का पुग्ने बताए। नाका नवनिर्वाचित अध्यक्ष सुनिल भट्टराई प्याराग्लाइडिङ बचाउनुपर्नेमा सहमत छन्। उनले नयाँ कार्यसमितिले यसबारेमा सरोकारवाला निकायलाई थप दबाब दिने बताए।
हवाई उडान र प्याराग्लाइडिङ उडान एकै समयमा एउटै आकाशमा सञ्चालन गर्दा दुर्घटना जोखिम हुन्छ। तसर्थ क्यानले आगामी जनवरीदेखि पोखराबाट प्याराग्लाइडिङ अन्यत्रै सार्न निर्देशन दिएको हो। त्यसबेलासम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने लक्ष्य छ।
प्याराग्लाइडिङका पहिलो पाइलट राजेश बमजन पोखरामा जस्तो प्याराग्लाइडिङ सहजता अन्यत्र नभएको जिकिर गर्छन्।उनले यहाँको मनोरम फेवाताल, उत्तरमा हिमाल, रानीबन, सराङकोट लगायत दृश्य प्याराग्लाइडिङका् लागि उपयुक्त रहेको बताए।
पोखरामा साहसिक खेलको रूपमा प्याराग्लाइडिङसहित अल्ट्रालाइट पनि हो। प्याराग्लाइडिङ हटे अल्ट्रालाइटसमेत पोखराको आकाशमा देखिँदैन। अल्ट्रालाइटका आधा दर्जन कम्पनी छन्। अल्ट्रालाइट भने पोखरा विमानस्थलबाटै सञ्चालन हुने गर्दछ। पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाइसम्म मात्र उड्न पाउँछन्। पोखराबाहिर जानुपर्दा कति टाढासम्म जानुपर्ने हो त्यसबारे यकिन नभएको नाका पूर्वअध्यक्ष योगेश भट्टराई बताउँछन्।
यदि पोखराबाट सार्नुपर्ने अवस्था आए यहाँको डिकीडाँडा, लाचोक, घाचोक, भेंडाबारी सम्भावित डाँडा हुन्। साथै कास्कीको छिमेकी जिल्ला तनहुँको बन्दीपुर र स्याङ्जाको स्वरेकमा यसअघि नै प्याराग्लाइडिङ उडान अनुमति छ। यहाँ प्याराग्लाइडिङ सिकाउने स्कुल नै सञ्चालनमा छन्। तर पोखरा घुम्ने पर्यटकलाई बन्दीपुर र स्वरेक लैजान त्यति सहज छैन। यसले गर्दा पोखरामा पर्यटक बसाइँ दरसमेत घट्ने छ।
पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट पाँच नम्बरभित्र पर्दछ। यहाँबाट स्थानान्तरण भए पर्यटन प्रवर्द्धनमा ठूलो धक्का लाग्ने भएकोले प्याराग्लाइडिङ कम्पनीमात्र नभई सम्पूर्ण पर्यटन व्यवसायी चिन्तित छन्।
एक रिपोर्टअनुसार पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट पाँच नम्बरभित्र पर्दछ। यहाँबाट स्थानान्तरण भए पर्यटन प्रवर्द्धनमा ठूलो धक्का लाग्ने भएकोले प्याराग्लाइडिङ कम्पनीमात्र नभई सम्पूर्ण पर्यटन व्यवसायी चिन्तित छन्। पोखरामा पर्यटनमा हालसम्म करिब ६ अर्ब बढीको लगानी रहेको अनुमान छ।
पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरुआत भएको हो। यहाँ प्याराग्लाइडिङ भित्राउने श्रेय बिरु बमजन (राजेश बमजनका बाबु) लाई जान्छ। यूरोपका धेरै देशहरूबाट विकसित प्याराग्लाइडिङ नेपालमै पहिलो पटक उनले भित्राएका हुन्। यहाँ प्याराग्लाइडिङ भित्रिएसँगै उनकै छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटको रूपमा चिनिए।
१५९२ मिटर उचाइको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौदीमा प्याराग्लाइडिङ अवतरण हुँदै आएको छ। डोरी र ग्लाइडर साथमा जोखिम मोलेर आकाशमै विनाइञ्जिन स्वतन्त्र उड्ने साहसिक यो खेलमा विदेशीसँगै नेपालीहरूको आकर्षणको केन्द्र हो।