‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ ‘ऊनको स्वीटर’लाई, उत्कृष्ट निर्देशक नवीन चौहान

हिमाल प्रेस २६ जेठ २०८३ ११:१३ | Tuesday, June 9, 2026
16
SHARES
‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ ‘ऊनको स्वीटर’लाई, उत्कृष्ट निर्देशक नवीन चौहान

काठमाडौँ- ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा ‘ऊनको स्वीटर’ फिल्म उत्कृष्ट भएको छ। चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले वर्षेनी घोषणा यो अवार्डमा ऊनको स्वीटर उत्कृष्ट बनेको हो। उत्कृष्ट निर्देशक पनि ऊनको स्वीटरकै नवीन चौहान घोषित भएका छन्।

उत्कृष्ट अभिनेतामा भुठान फिल्मका हरिवंश आचार्य र उत्कृष्ट अभिनेत्रीमा ‘रमिताको पिरती’बाट आना शर्मा र उत्कृष्ट पटकथामा उनको स्वीटरकै नवीन चौहान, सुरज कटुवालद्वय घोषित भएका छन्।

उत्कृष्ट छायाङ्कनमा सुशन प्रजापति (भूठान), उत्कृष्ट सम्पादनमा अञ्जय खड्का (भूठान), उत्कृष्ट पार्श्व संगीतमा कोबिद बज्र (ऊनको स्वीटर) घोषित भएका छन्। चलचित्र समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाका अनुसार पुरस्कार वितरणको औपचारिक समारोहको मिति र स्थानका बारेमा समाजले छिट्टै विशेष सूचनामार्फत जानकारी गराइनेछ।

प्रकाशित: २६ जेठ २०८३ ११:१३ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast