एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयाघातले मृत्यु

हिमाल प्रेस २८ फागुन २०८२ १६:४० | Thursday, March 12, 2026
26
SHARES
एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयाघातले मृत्यु

पोखरा- नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ।

बिहीबार दिउँसो पोखराको एक कार्यक्रममा सहभागी उनलाई एक्कासि हृदयघात भएको थियो। उपचारार्थ तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले दिउँसो ३ बजेर ३७ मिनेटमा मृत घोषणा गरेका हुन्।

पोखरास्थित एमाले पार्टी कार्यालयमा क्षेत्र नम्बर १ समन्वय कमिटीको बैठक थियो। बैठकमा सम्बोधन गरे लगत्तै हृदयघात भएको प्रत्यक्षदर्शीले जनाएका छन्। थापा पोखराका पूर्व मेयर पनि हुन्।

प्रकाशित: २८ फागुन २०८२ १६:४० | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast