काठमाडौँ- सीजी इलेक्ट्रोनिक्सअन्तरगत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्युरिफायरहरू नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ। आधुनिक प्रविधिसहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार केन्ट एयर प्युरिफायरले हेपा टेक्नोलोजी प्रयोग गरी हावामा रहेका धुलो, धुँवा, एलर्जेन, सूक्ष्म कण तथा हानिकारक तत्वहरूलाई फिल्टर गरेर स्वच्छ हावा प्रदान गर्दछ।
‘यस एयर प्युरिफायरमा रियल टाइम एयर प्युरिटी मनिटर रहेको छ, जसले कोठाभित्रको हावाको गुणस्तरलाई निरन्तर निगरानी गर्ने कम्पनीको भनाइ छ। साथै एयर क्वालिटी इन्डिकेटरले हावाको अवस्था स्पष्ट देखाउने भएकाले प्रयोगकर्तालाई हावाको स्तर बुझ्न सजिलो हुन्छ। यसमा रहेको इनबिल्ड लोनाइजरले हावालाई अझ ताजा र स्वच्छ बनाउने काम गर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
यस उत्पादनमा १२ महिनाको वारेन्टी समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।





