रास्वपाले मनोनयन गर्‍यो समीक्षा बास्कोटासहित सात केन्द्रीय सदस्य

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा ७ जनालाई मनोनयन गरेको छ। आज (आइतबार) केन्द्रीय कार्यालयमा भइरहेको पार्टी बैठकले समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनालाई मनोनयन गरेको हो। गत मंसिर १४ गते विवेकशील साझा पार्टी रास्वपामा समायोजन भएको थियो।