रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

हिमाल प्रेस ७ साउन २०८२ १४:०० | Wednesday, July 23, 2025
रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार प्रतिनिधिसभाको बैठक।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारलाई बोल्न समय दिएका थिए।

सांसद कंसाकारले तस्करहरु अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन्। स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदासमेत सरकारले नदेखेको उनको आरोप छ।

सांसद कंसाकारले यस विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख बताइन्। ‘घुस प्रकरणमा जोडिएका मन्त्रीहरुमाथि कारबाही हुनुपर्छ। हाम्रा माग सुनुवाइ नभएसम्म हामी सदन बहिष्कार गर्छौँ।’

प्रकाशित: ७ साउन २०८२ १४:०० | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast