संखुवासभामा चट्याङ लागेर एकै परिवारका चार घाइते

हिमाल प्रेस २ वैशाख २०८२ ६:०९ | Tuesday, April 15, 2025
संखुवासभामा चट्याङ लागेर एकै परिवारका चार घाइते प्रतीकात्मक तस्बिर।

संखुवासभा- खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बबिता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको जनाउँदै उनले घाइते सबैको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको बताए। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८२ ६:०९ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast