बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

हिमाल प्रेस १९ फागुन २०८१ ६:२४
10
SHARES
बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार फाइल तस्बिर

बागलुङ- किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो।

नगरपालिकाले किसानसँगको सहलगानीमा सात हजारमा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए।

‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो’, उनले भने। नगरपालिका र ५८ किसानको चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए।

विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो।

प्रकाशित: १९ फागुन २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast