काठमाडौँ- नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,७४,१०० रुपैयाँ कायम रहेको छ। आइतबार पनि यही मूल्यमा कारोबार भएकाले सुनको मूल्य स्थिर रहेको हो।
तर, चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला २,०४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँ घटेर २,०४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रति औंस २,९८४ अमेरिकी डलर कायम रहेको छ।
प्रकाशित: ४ चैत २०८१ ११:१९ | Monday, March 17, 2025
प्रतिक्रिया




