चीन : पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुग्यो

हिमाल प्रेस ५ फागुन २०८१ २१:४१
10
SHARES
चीन : पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुग्यो फाइल तस्बिर।

बेइजिङ (रासस/एएफपी)- दक्षिणपश्चिम चीनमा यस महिना पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। थप १९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

फेब्रुअरी ८ मा सिचुआन प्रान्तको यिबिन सहरमा भारी वर्षाले विपत्ति निम्त्याएको राज्य सञ्चारमाध्यमले जनाएका छन्। पहिरोमा परी दुई जना घाइते, १० घर पुरिएको र १०० हेक्टर बाली नष्ट भएका काउन्टीका अधिकारीहरुले बताएका छन्।

पहिरोको समयमा राज्य प्रसारक सीसीटीभीको भिडियो फुटेजमा उद्धारकर्मीहरूले टर्चहरू लिएर अँध्यारोमा भग्नावशेष खोजिरहेको देखाइएको छ।

चीन हालैका महिनाहरूमा चरम बाढीको चपेटामा परेको छ। गत वर्ष बाढीमा दर्जनौंको मृत्यु भएको थियो।

प्रकाशित: ५ फागुन २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast