शिक्षक महासंघले गर्‍यो घोषित आन्दोलनबारे छलफल

हिमाल प्रेस ३० माघ २०८१ १५:१७
8.5k
SHARES
शिक्षक महासंघले गर्‍यो घोषित आन्दोलनबारे छलफल

काठमाडौँ- नेपाल शिक्षक महासंघले घोषित आन्दोलन र महासंघ पूर्णता घोषणा सभाको विषयमा छलफल गरेको छ। मंगलबार महासंघको कार्यालय भक्तपुरमा शिक्षा ऐनका लागि माघ २० गतेदेखि घोषणा गरिएको एकमहिने कार्यक्रमको छलफल भएको उपाध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।

झन्डै १० महिना महासंघबाहिर रहेको महासंघको घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा आबद्ध भएको घोषणासभाको तयारीबारे पनि उक्त बैठकमा छलफल भएको पराजुलीले जानकारी दिइन्।

उनले भनिन्,‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको विस्तारित कार्यालयिय बैठक महासंघको कार्यालय सानोठिमी भक्तपुरमा बसी २०८१ फागुन ५ गते हुन गइरहेको महासंघको राष्ट्रिय भेला एवं महासंघ पूर्णता घोषणासभा कार्यक्रमको तयारी र महासंघद्वारा घोषित आन्दोलनका कार्यक्रम लगायतका विषयमा छलफल भयो।’

महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबीच सात बुँदे सहमति भएको छ। उक्त संगठन महासंघमा आबद्ध भएपछि शिक्षा ऐनका लागि घोषित आन्दोलन पनि परिमार्जन गरिने भएको छ।

उक्त बैठकमा महासंघमा आबद्ध संघसंगठनका प्रतिनिधिहरू उपस्थित थिए।

शिक्षक महासंघमा ओलीले गरेको संसद् विघटनलाई सदर

चरणबद्ध आन्दोलनमा उत्रियो शिक्षक महासंघ [कार्यक्रम तालिकासहित]

यस्ता छन् शिक्षक महासंघ र एनएनटीएबीच भएका सातबुँदे सहमति

पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिनुहुँदैन : अध्यक्ष सुवेदी

फेसबुकमा रातो स्टिकर टाँसेर शिक्षक महासंघको आन्दोलन सुरु

प्रकाशित: ३० माघ २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast