मनीषाको सानदार बलिङ, १०६ रनमा रोकियो थाइल्यान्ड

हिमाल प्रेस २२ माघ २०८१ १३:५४
8
SHARES
मनीषाको सानदार बलिङ, १०६ रनमा रोकियो थाइल्यान्ड

काठमाडौँ- मनीषा उपाध्ययको सानदार बलिङसँगै नेपालले त्रिदेशीय टी २० महिला शृंखलामा थाइल्यान्डलाई १०६ रनमै रोकेको छ। योसँगै पहिलो जितको खोजीमा रहेको नेपालले १०७ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १०७ रन बनाउन ६ विकेट खर्चियो। थाइल्यान्डकी चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन्। अविजित रहेकी उनले २८ बल खेली एक चौका प्रहार गरिन्।

नानपत कोन्चारोएनकाइ १९, अपिसरा सुवान्चोनरथी १७ र नुटाया बुचाथम १० रनमा आउट हुँदा थिपाचा पुथावाङ् २५ रनमा अविजित रहिन्। थाइल्यान्डलाई सस्तैमा रोक्न मनिषाले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १८ रन खर्चिइन्। पूजा महतो र यसै खेलबाट डेब्यु गरेकी रचनाकुमारी चौधरीको नाममा समान एक विकेट रह्यो।

प्रकाशित: २२ माघ २०८१ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast