निःशुल्क एचपीभी खोप अभियान सुरु

हिमाल प्रेस २२ माघ २०८१ १३:१६
8
SHARES
निःशुल्क एचपीभी खोप अभियान सुरु काठमाडौँको महाराजगन्जमा मंगलबार पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ गरेका छन्। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ओलीले स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गर्दै अभियानको थालनी गरेका हुन्।

फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत देशभर कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्ष उमेरका विद्यालयबाहिरका करिब १७ लाख किशोरीलाई खोप दिइने तयारी रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ। पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस संक्रमणले हुन्छ। नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ।

प्रकाशित: २२ माघ २०८१ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast