जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश

हिमाल प्रेस ४ माघ २०८१ १९:४५
22
SHARES
जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश जीबी राई

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले जीबीको राहदानी रद्द गर्न आदेश दिएको हो।

अदालतका स्रेस्तेदार राजन खनालले जीबीको राहदानी रद्द गर्न राहदानी विभागमा लेखी पठाउने आदेश भएको जानकारी दिए। अब आदेशबमोजिम विभागमा पत्राचार गर्ने उनले बताए।

जीबी राईविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा दायर भएको छ। उनी मुद्दा प्रक्रियामा सहभागी नभई विदेशमा लुकेर बसेकाले राहदानी रद्द गरेर पक्राउ गरी नेपाल झिकाउन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् अदालतमा निवेदन दिएको थियो।

अदालतमा विचाराधीन मुद्दामा अभियुक्त बनाइएका ६३ मध्ये जीबीविरूद्ध १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी छ।

उनले देशभर सहकारीको सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा २०६५ सालमा सूर्यदर्शन सहकारी स्थापना गरेका गरेका थिए। जीबीविरुद्ध यसअघि डिफ्युजन नोटिससमेत जारी भएको थियो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जना अभियुक्तहरू धरौटीमा रिहा भइसकेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश

जीबी राईलाई खोज्न प्रहरी मलेसिया गएको थियो, १० दिन बसेर रित्तै फर्कियो

सूर्यदर्शन सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

रवि पक्राउको ८४ दिनमा रिहा गर्न आदेश, कहिले के भयो?

प्रकाशित: ४ माघ २०८१ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast