बीपीको मेलमिलाप नीतिको केन्द्रमा राजा होइन जनता थिए : विश्वप्रकाश शर्मा

हिमाल प्रेस १६ पुष २०८१ १४:३०
10
SHARES
बीपीको मेलमिलाप नीतिको केन्द्रमा राजा होइन जनता थिए : विश्वप्रकाश शर्मा फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका संस्थापक सभापति बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीतिको केन्द्रमा राजा नभई जनता भएको दाबी गरेका छन्। मंगलबार पूर्वकर्मचारी समाज नेपालको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भने, ‘बीपीले त्यतिबेला गर्नु भएको तत्कालीन शक्तिको सन्तुलन हो, त्यो बेला पनि बीपीको मेलमिलापको केन्द्रमा जनता थिए, राजा थिएनन्।’

बीपीपछि २०६२/०६३ मा तत्कालीन माओवादी बिद्रोहीसँग १२ बुँदे सहमति गर्दा पनि जनता नै केन्द्रमा रहेको उनको भनाइ छ। ‘बीपी पछाडि जीपी कोइरालाले आएर जब २०६२ बेलामा माओवादीसँग १२ बुँदे समझदारी गर्नुभयो,’ शर्माले भने, ‘त्यो बेला पनि माओवादी होइन, केन्द्रमा जनता नै थिए।’

उतिबेला राजाले संसदीय प्रजातन्त्र मान्ने सर्तमा राजासँग मेलमिलाप गरेको र अहिले पनि त्यही सर्तमा माओवादीसँग मेलमिलाप गरेको उनको जिकिर छ। ‘त्यो बेला पनि संसदीय प्रजातन्त्र राजाले मान्ने सर्तमा राजासँग मेलमिलाप थियो,’ शर्माको भनाइ छ, ‘अहिले माओवादीले संसदीय प्रजातन्त्र मान्ने सर्तमा हो। जनताको अधिकारलाई केन्द्रमा राख्ने सन्दर्भमा हो।’

कांग्रेसकै कतिपय नेताहरुले चोकमा बसेर पार्टी माओवादीको पछाडि लागेको भनेर भनिराखेको भन्दै शर्माले त्यो गलत भएको दाबी गरे। ‘हामी माओवादीको पछि लागेको भए त शान्ति प्रक्रिया छोडेर, शान्तिपूर्ण राजनीति छोडेर हिंसात्मक विद्रोहमा हामी माओवादीसँग जानुपर्दथ्यो,’ उनले भने, ‘माओवादी हाम्रो पछि लागेको कारणले रोल्पाको डाँडोमा पड्काउँदै गरेको बन्दुक क्यान्टोनमेन्टमा थन्काएर, जनताको अगाडि आएर हात जोडेर तिमीले जिते तिम्रो सत्ता, हामीले जिते हाम्रो सत्ता भन्ने पद्धतिमा त उ आयो।’

शर्माले थपे, ‘बल प्रयोगबाट राज्यसत्ताको बाटो छोडेर ब्यालेटको बाटोबाट राज्यसत्तामा जाने नीतिमा माओवादी आएको हो।’

प्रकाशित: १६ पुष २०८१ १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast