तलबभत्ताका लागि सामुदायिक विद्यालयका शिक्षकको वैयक्तिक विवरण पठाउन आग्रह

हिमाल प्रेस २८ मंसिर २०८१ १६:०२
3.9k
SHARES
तलबभत्ताका लागि सामुदायिक विद्यालयका शिक्षकको वैयक्तिक विवरण पठाउन आग्रह

काठमाडौँ- तनहुँको भानु नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकको वैयक्तिक विवरण पठाउन आग्रह गरेको छ। नगरपालिकाअन्तगर्तका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको मासिक तलब भुक्तानीका लागि विवरण मागिएको हो। मंसिर मसान्तभित्र विवरण पठाउन आग्रह गरिएको छ।

सरकारको आव २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलबभत्ता भुक्तानी गर्ने भन्ने उल्लेख भएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  यस सम्बन्धमा निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरूलाई परिपत्र गरिसकेको छ।

भानुनगर शिक्षा समितिको बैठकमा मासिक तलबभत्ताबारे निर्णय भएको, भानु नगरस्तरीय शिक्षकका पेसागत संगठनहरूले निरन्तर ध्यानाकर्षण गराएको तथा भानुका सामुदायिक विद्यालयका प्रधानाध्यापक बैठकमा पनि पटकपटक छलफल भई मासिक तलबभत्ता उपलब्ध गराउन सुझाव प्राप्त भएको नगरपालिकाले जनाएको छ।

सोही विषयमा मंसिर १९ गते बसेको भानुनगर शिक्षा समितिको बैठकबाट मासिक तलबभत्ता प्रदान गर्ने निर्णय भएकाे थियाे। यसका लागि तोकिएको ढाँचामा शिक्षकको वैयक्तिक विवरण मंसिर मसान्तभित्र भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा आइपुग्ने गरी पठाउन अनुरोध गरिएको छ।

यो पनि

शिक्षकलाई मासिक तलब दिन कति सम्भव?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast