शिक्षा विधेयक : शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्न शिक्षाविद्को सुझाव

हिमाल प्रेस २८ मंसिर २०८१ ११:५०
1.6k
SHARES
शिक्षा विधेयक : शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्न शिक्षाविद्को सुझाव

काठमाडौँ- शिक्षाविद्ले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बुधबार शिक्षाविद्सँग गरेको छलफलमा त्यस्तो सुझाव दिएका छन्।

विधेयकमाथिको छलफलमा भाग लिँदै शिक्षाविद् केदारभक्त माथेमाले दलगत राजनीतिक आवद्धताका कारण सार्वजनिक शिक्षा धरासायी भएको बताए।

उनले शिक्षकलाई तलब भत्ता, पेन्सन जस्ता सुविधाहरू राज्यले उपलब्ध गराउँदा पनि शिक्षकले नतिजामूलक कार्य गर्न नसक्नुको कारण दलगत आवद्धताले नै भएको बताए।

‘शिक्षकलाई सुविधा छ तर उसले परफरमेन्स किन दिन सकिरहेको छैन? किनभने उसको राजनीतिक पहुँच छ,माथिबाटै प्रेसर आउँछ,’ उनले भने।

उनले अति नै राजनीतिले गर्दा सार्वजनिक विद्यालयबाट विद्यार्थीको भागाभाग भएको बताउँदै संविधानले समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेकाले सार्वजनिक शिक्षाको स्तर सुधारेर मात्रै त्यो सम्भव भएको बताए। ऐन बन्दा यस विषयमा ध्यान दिनुपर्नेमा उनले सुझाव दिए।

प्रकाशित: २८ मंसिर २०८१ ११:५०

प्रतिक्रिया

One thought on “शिक्षा विधेयक : शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्न शिक्षाविद्को सुझाव

  1. जो सरकार तथा शिक्षाविदहरू देश राणाशासन जहानिया राजतन्त्र बहुदलीय प्रजातन्त्र हुदै लोकतान्त्रिक गणतन्त्र मा प्रवेश गरेको पनि अठार वर्ष बितीसक्दा पनि शिक्षा ऐन 2028 नै रहेकोमा फेल शिक्षक वा सरकार हो ? दोशी शिक्षकलाई भन्न मिलेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast