प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

हिमाल प्रेस २५ मंसिर २०८१ १२:४६
12
SHARES
प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको प्रतीक्षालयमा मंगलबार विमान उड्ने पर्खाइमा रहेका यात्रु। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- प्रतिकूल मौसमका कारण मंगलबार त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।

जनकपुर, विराटनगर र राजविराज विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण ती सहरमा जाने उडान अवरुद्ध भएको बुध्द एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए। आन्तरिक उडान प्रभावित टर्मिनलमा यात्रुहरूको भीड लागेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ। यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २५ मंसिर २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast