शिखर धवनले एनपीएलका अबका खेल नखेल्ने

हिमाल प्रेस २३ मंसिर २०८१ ६:२७
56
SHARES
शिखर धवनले एनपीएलका अबका खेल नखेल्ने

काठमाडौँ- कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्। कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो। ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किनेछन्।

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन्। ‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ। उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ। हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भने।

शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताए। एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए। उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए।

४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ। शिखर धवनले कर्णालीका लागि ४ म्याचमा १३६ रन गरे। उनले नेपाली खेलाडी प्रभावशाली रहेको बताए। आउँदा दिनमा पनि खेलका लागि आफू नेपाल आउने समेत बताएका छन्।

प्रकाशित: २३ मंसिर २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast