घट्यो अमेरिकन डलर, कति छ कुवेती दिनारको भाउ?

हिमाल प्रेस २२ मंसिर २०८१ ६:४२
2
SHARE
घट्यो अमेरिकन डलर, कति छ कुवेती दिनारको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्रा भने महँगिएका छन्। हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो। शुक्रबार बढेको युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राका मुद्रा भने आज थप महँगिएका हुन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा थियो। गएको बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनियमदर अहिलेसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०२ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८३ र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ०७ र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ९३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा थियो।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रुपैयाँ ७५ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

 

प्रकाशित: २२ मंसिर २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast