शिक्षकको तलबबारे सबै पालिकालाई मन्त्रालयको यस्तो पत्र

हिमाल प्रेस २१ मंसिर २०८१ १५:१०
3.8k
SHARES
शिक्षकको तलबबारे सबै पालिकालाई मन्त्रालयको यस्तो पत्र

काठमाडौँ- शिक्षकलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा बिहीबार परिपत्र गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न भनेको हो।

चौमासिक रूपमा तलबभत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ’, सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा उल्लेख छ।

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई शिक्षकको तलबभत्ता मासिक भुक्तानीका लागि सबै पालिकामा पत्राचार गरिदिन भनेको थियो।

लामो समयदेखि शिक्षकहरूले मासिक रूपमै तलबभत्ताको माग गर्दै आएका थिए।

प्रकाशित: २१ मंसिर २०८१ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast