विपिन जोशी जीवितै छन्, छुटाउने प्रयास भइरहेको छ : इजरायली राजदूत

हिमाल प्रेस २० मंसिर २०८१ २०:५३
8
SHARES
विपिन जोशी जीवितै छन्, छुटाउने प्रयास भइरहेको छ : इजरायली राजदूत

काठमाडौँ– प्यालेष्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको जानकारी नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक एरी बासले दिएका छन्। उनले बिहीबार आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा आफूले अरब स्रोतबाट जोशी जीवितै रहेको जानकारी पाएको बताएका हुन्।

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आतंककारी आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए। एक जना जोशी भने उनीहरुको अपहरणमा परेका थिए। उनीहरु सबै इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका थिए। इजरायल माथि एकै पटक हमासले आक्रमण गरेपछि भागम्भाग भएको थियो।

‘विपिन जोशी जीवितै छन् भन्ने सम्मको संकेत म आफैँले रब स्रोतबाट पाएको हुँ,’ उनले भने,‘तर उनी कुन अवस्थामा कहाँ कसरी राखिएको छ भन्नेबारे भने कुनै जानकारी छैन।’ हाम्रो पहल सफल रहेमा उनी छिट्टै रिहा भएर घर फर्कने छन्। उनले निकै आशा वादी हुँदै भने,‘जोशी जस्तै अपहरणमा परेका ५४ जनालाई फर्काइकाकिएको छ। ’
तीमध्ये केही रिहा गरिएका हुन् भने केहीको उद्धार गरिएको हो।

अहिले विपिन जस्तै बाँकी एक सय एक जना बन्धकहरुलाई पनि फर्काइने प्रयास जारी छ। यसमा विभिन्न ट्र्याकमा कूटनीतकि पहल र प्रयास भइसकेको छ। तीमध्ये एक जोशी पनि पर्ने उनले बताए।

छलफलमा उनले इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच गत २७ नोभेम्बरमा युद्धविराम सम्झौता भएता पनि आफ्नो नागरिकमाथि पुनः कुनै प्रकारको आक्रमण भएमा इजरायलले प्रतिकार गर्ने जानकारी दिए । इजरायल गत अक्टोवर सातमा चुकेको हो त्यसैले त्यो कमजोरी नदाहे¥याउने इजरायलले भन्दै आएको छ।

पछिल्लो युद्धविरामले एकातिर हमास एक्लिएको विश्लेषण भइरहेको छ भने अर्कोतिर हिजबुल्लाहले यसलाई शक्ति संचय गर्ने अवसरको रुपमा उपयोग गर्नसक्ने धारणाहरु पनि बाहिर आइरहेको छ। यति सम्मकी खाडीका केही मुलुकले त इजारयलको नामो निसाना नै मेटाउने भनेका थिए। त्यो कहिल्यै सफल नहुने धारणा पनि उनले राखे।

कतिपय मुश्लिम राष्ट्रहरु प्रोक्सि समूह बनाएर त्यो मार्फत इजरायलीलई जिस्काउने काम गरिरहेको भन्दै यो परिपक्व कूटनीति नभएको पनि बताए। नेपालका प्रजातान्त्रिक आन्दोलनमा नेता बी पी कोइरालाको सहस र आँटले हामी अहिले यो अवस्था सम्म पनि सम्मान गरिरहेका छौ र गरिरहने छौ भन्दै राजदूतले भने, ‘नेपाल र इजरायल बीच सन १९६० मा नै कूनीतिक सम्वन्ध स्थापना भएको हो। यो क्षेत्रको भारत र चीन भन्दा अघि नेपालले अगाडि नै समर्थन गरेर दुईपक्षीय सम्बन्धको मूभिका निभाइका छौ। हामीले तत्काल नै दूतावास खोले पनि नेपालले भने २००७ मा दूतावास खोजेको हो।’

इजरायलले नेपालको विकासमा कृषिको क्षेत्र, स्वास्थ्य, प्रविधिरु पर्यटन, ग्रामिण विकास, वातावरण र शिक्षामा सघाउँद्यै आएको छ। मानव विकासको क्षेत्रमा ३५ सय र कृषिको क्षेत्रमा तीन हजारलाई आधुनिक फार्मिङको शिक्षा मा पनि लगेको थियो। केयर गिभरमा १३ सय ४५ पछि लगेको र दुई हजार जनालाई लैजाने सूचीमा रहदेखेको छ। यसअ घि पनि करिव १२ /१३ हजार त्यहाँ पुगेर फर्किसकेका छन्। नेपाल र इजारायल बीच निकै राम्रो सम्बन्ध रहेको भन्दै उनले नेपाल र इजारायल थप सहकार्य गरेर अघि बढ्न सक्ने बताए।

 

प्रकाशित: २० मंसिर २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast