राजेन्द्र लिङ्देन भन्छन् : ०८४ अघि नै राप्रपाले सरकारको नेतृत्व लिन सक्छ

हिमाल प्रेस १६ मंसिर २०८१ १७:१९
28
SHARES
राजेन्द्र लिङ्देन भन्छन् : ०८४ अघि नै राप्रपाले सरकारको नेतृत्व लिन सक्छ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन्। आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आएको बताए। उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै अब मुलुकको नेतृत्व लिने समय आएको बताए। उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे।

उनले नेपाली कांग्रेस-नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए।

सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए। कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) कै क्रियाकलापबाट उनीहरू जनताको नजरमा अलोकप्रिय भएको भन्दै उनले जनताले अब तीनवटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए।

प्रकाशित: १६ मंसिर २०८१ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast