काठमाडौँ – सफा नेपाल एपले विश्वको प्रतिष्ठित राष्ट्रिय ऊर्जा ग्लोब अवार्ड हात पारेको छ। वातावरणीय दिगोपनाका लागि उक्त एपमार्फत भएको कार्य संयोजनलाई सम्मान गरिएको हो। यस्ता दुई हजारभन्दा बढी एपबाट सफा नेपाल उत्कृष्टमा परेको हो। यो एप क्लिनअप नेपालले समुदाय सफा राख्न सबै सरोकार पक्षहरूबीच सहकार्यको लागि तयार गरेको हो।
१ सय ४१ मुलुकहरु सहभागी भएको उक्त वतावरणीय दिगोपनाको लागि सफाइमा ति मुलुकका परियोजनाहरू, फोहोर व्यवस्थापन र यसको मानवीय सहकार्यको पक्ष नियाल्दै कार्यक्षमतालाई समेत ध्यानमा राखेर यस्तो अवार्ड दिइएको हो। क्लिनअप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले सफा नेपालका सदस्यहरु, स्वयंसेवकहरु, प्राविधिक र साझेदारहरुलाई धन्यवाद दिँदै यस्ता अवार्डले काममा थप उर्जा मिलेको बताएका छन्। पुरस्कार अस्ट्रियामा प्रदान गरिने छ।
उनले यसलाई सामुदायीक कार्य भन्दै यो मान्यताले सफा नेपाल एपको फोस्टरिङ क्लिनरमा परेको सकारात्कम प्रभावलाई जोड दिदैँ हरियाली, र अधिक दिगो समुदायहरूबीचको सहकार्यलाई पनि चित्रित गरेका छन्। यो एप अब एक वैश्विक डाटाबेसमा दरिने उनले बताए।
ग्राउन्डब्रेकिंग वातावरणीय समाधानहरू प्रदर्शन गर्दै, स्थिरतातर्फ उन्मुख विश्वव्यापी कार्यलाई समेत प्रेरणा गर्ने काम यस एपको संयोजनबाट हुने उनले बताए। सफा नेपाल एप फोहोर व्यवस्थापनमा गेम चेन्जर एप भनेर पनि चिनिएको छ।
क्लिनअप नेपालद्वारा विकसित ‘सफा नेपाल एप’ एक खुला फोहोर व्यवस्थापन र स्थानीय सरकार र नागरिकलाई समान रूपमा सशक्तिकरण गर्न डिजाइन गरिएको डाटा सङ्कलन प्रणाली हो। महानगर, उपमहानगर र नगरपालिकाहरूबाट अनुमति लिएकाले प्रयोग गर्ने यो एप प्रयोगकर्ता मैत्री वेब बनेको छ। यो वेब डेस्कटप कम्प्युटर, ल्यापटप र मोवाइलएपमार्फत पनि उपयोग गर्न सहज छ।
यसले फोहोर व्यवस्थापनमा प्रमाणमा आधारित विश्लेषण गर्ने, फोहोर सङ्कलन ट्र्याक गर्ने र सक्षम बनाउँदै सहकार्यलाई थप बलियो बनाउनेछ। डम्पिङ, जलाउने र अनियमित सेवाहरू पनि छन्। त्यसलाई भरपर्दो बनाउन डाटा प्रदान गरेर, एपले राम्रो निर्णय गर्ने र समर्थन गर्ने काम गर्दछ। यो एपले जनसहभागितालाई सहज बनाउँछ, जुन फोहोर व्यवस्थापन प्रणालीलाई अनुकूलन गर्नको लागि महत्वपूर्ण कार्य पनि हो।
सफा नेपालले डाटा व्यवस्थापन पहुँचको विभिन्न तहलाई नियाल्दै समावेश गर्दै जाने, सुनिश्चित गर्दै जतिबेला पनि अप टू डेट गर्न पर्ने हुन्छ। त्यसमा पनि यो उत्कृष्ट छ। क्लिनअप नेपालले सफा नेपाल एपको पहुँच विस्तार गर्दै स्थानीय तहलाई प्रोत्साहन गर्ने र सरकार एवं सम्बन्धित सरोकारवालाहरूले यस परिवर्तनकारी प्लेटफर्मलाई पूर्ण रूपमा उपयोग गर्ने ढंगले अघि बढिरहेको पनि लामिछानेले जानकारी दिए।
नेपालको फोहोर क्षेत्रमा प्रविधि र प्रणालीमा आधारित सुधारका लागि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि संस्थाको छ। फोहोर व्यवस्थापन अभ्यासमा समय सापेक्ष परिवर्तन आवश्यक रहेकोले पनि एपको चासो बढ्दो नै छ। क्लिनअप नेपाल सन २०१४ मा स्थापित गैर-सरकारी संस्था हो। जसले सफा र सुन्दर समुदायहरूको परिकल्पना गर्दै फोहोर व्यवस्थापन प्रणाली, पानी, सरसफाइ, र स्वच्छतासंग सुसज्जित समाधानहरू, तिनीहरूलाई स्वस्थ, रोगमुक्त जीवन बाँच्न सक्षम बनाउने उद्देश्यमा काम गरिरहेको छ।
यो संस्थाको कार्यक्षेत्र पाँचवटा छ – फोहोर व्यवस्थापन, जलवायु कार्य र न्याय, शिक्षा वातावरणीय र फोहोर व्यवस्थापन, सर्कुलर इकोनोमी हुन्। नेशनल इनर्जी ग्लोब अवार्डका अलावा क्लिन अप नेपाललाई अन्य विविध सम्मान पनि मिलेको छ। जसले हामीलाई सफा र हरित नेपालको परिकल्पनाका लागि थप हौसला मिल्दै आएको छ।