धर्मका नाममा राजनीति र अतिवाद हुनुहुँदैन : प्रधानमन्त्री ओली

हिमाल प्रेस २७ कार्तिक २०८१ १५:५९
16
SHARES
धर्मका नाममा राजनीति र अतिवाद हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भए त्यसले समाजलाई बिथोल्ने बताएका हुन्।

‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ। अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ। हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन। कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो। त्यसको हामी सम्मान गर्छौं।’

प्रधानमन्त्रीसँगको भेटमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारजीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरूले गर्दै आएका कामबारे अवगत गराएका थिए।

प्रकाशित: २७ कार्तिक २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast